काठमाण्डौंः गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ४५९ पुगेको छ ।
अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया