असोज २१, २०८३ बुधबार October 7, 2026

दुर्गा प्रसाईलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले रिहा गर्न दियो आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २० असोज । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा प्रसाईंसँग दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रसाईंले युट्युबमा खतिवडाबारे टिप्पणी गर्दै छोराको शवसँग सांसद पद साटेको भनेका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै धरौटीमा छुटेका थिए ।

दुई वर्षको अवधिमा प्रसाईलाई प्रहरीले विभिन्न कसुरमा १६ पटक पक्राउ गरे पनि अदालतले उनलाई धरौटीमा छाड्दै आएको छ । मंगलबार सर्वोच्च अदालतले प्रसाईको मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेकाले त्यहीँ सुनुवाइ गर्ने भन्दै बन्दी प्रत्येक्षीकरणको रिट निवेदनमा रिहा गर्न अस्वीकार गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेस महाधिवेशनः १० बजेदेखी मतदान, कुन प्रदेशको कहाँ, हेर्नुहोस् ?
२०८३ असोज २१, बुधबार
मन्त्रिपरिषद् बैठक : अध्यादेश सिफारिसदेखि उच्चपदस्थ कर्मचारीको बढुवासम्म
२०८३ असोज २१, बुधबार
Money Laundering Department Raids Homes of Former Chief Justice Rana and Associates
२०८३ असोज २१, बुधबार
संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै
२०८३ असोज २१, बुधबार
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार