असोज २१, २०८३ बुधबार October 7, 2026

पूर्वप्रधानन्यायाधीश जबरासहित आफन्त र निकटस्थका घरमा सम्पत्ति शुद्धीकरणको छापा

जबरालाई नियन्त्रणमा लिएको केही दिनमै सम्पत्ति शुद्धीकरणको छापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनका निकटस्थ तथा आफन्तका घरमा बुधबार छापा मारेको छ।

स्रोतका अनुसार जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोली पुगेको हो।

जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि विभागको टोलीले छापा मारेको स्रोतले जनाएको छ।

छापाका क्रममा जबरा निकटस्थ व्यक्तिका घरबाट केही महत्त्वपूर्ण कागजात बरामद गरिएको स्रोतको दाबी छ। यद्यपि, विभागले छापाको विस्तृत कारण तथा बरामद सामग्रीबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

यसअघि गत ११ असोजमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई काठमाडौंको महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। प्रहरी स्रोतले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि त्यसबेला घटनाको विस्तृत कारण तत्काल सार्वजनिक गरिएको थिएन।

पछि प्रहरीले जबरालाई सुरक्षा जोखिमका कारण निगरानीमा राखिएको दाबी गरेको थियो। घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगलगायत निकायमा समेत चासो देखिएको थियो।

जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। उनी लामो समय निलम्बनमा रहेपछि महाभियोगसम्बन्धी विषय सर्वोच्च अदालतको संवैधानिक इजलाससम्म पुगेको थियो। संवैधानिक इजलासले २४ भदौमा महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै त्यससम्बन्धी रिट खारेज गरेको थियो।

सम्पत्ति शुद्धीकरण विभागको पछिल्लो कारबाहीसँगै जबरा तथा उनीसँग जोडिएका व्यक्तिहरूको सम्पत्ति र आर्थिक कारोबारसम्बन्धी अनुसन्धान अघि बढाइएको हुनसक्ने देखिए पनि यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Money Laundering Department Raids Homes of Former Chief Justice Rana and Associates
२०८३ असोज २१, बुधबार
संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै
२०८३ असोज २१, बुधबार
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार