असोज २०, २०८३ मंगलबार October 6, 2026

गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री सुधन गुरुङ

मन्त्रालय र मातहतका निकायमा बसेर देश र संगठनप्रति विश्वासघात गर्ने प्रवृत्तिविरुद्ध सरकार निर्मम भएर प्रस्तुत हुने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य सूचना चुहाउने जोकसैलाई पनि कडा कानुनी कारबाही गरिने बताएका छन्।

मन्त्रालय र मातहतका निकायमा बसेर देश र संगठनप्रति विश्वासघात गर्ने प्रवृत्तिविरुद्ध सरकार निर्मम भएर प्रस्तुत हुने उनको चेतावनी छ।

गृह मन्त्रालयले सोमबार साँझ अति संवेदनशील र गोप्य सूचना अनाधिकृत रूपमा चुहाएको गम्भीर आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एआइजी दाहाललाई निलम्बन गरेको थियो। निलम्बनलगत्तै उनीमाथि विस्तृत छानबिन गर्न मन्त्रालयले एक उच्चस्तरीय छानबिन समिति समेत गठन गरिसकेको छ।

उक्त घटनाबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखेका छन्, “राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ।”

गृहमन्त्री गुरुङले मन्त्रालय र सुरक्षा निकायहरूमा संवेदनशील सूचनाहरू बाहिरिने प्रवृत्ति लामो समयदेखि आफूले सूक्ष्म रूपमा नियालिरहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु।”

सुरक्षा निकायको उच्च तहमा रहेका अधिकारीबाटै संगठन र राज्यको सुरक्षासँग जोडिएका विषयहरू बाहिरिनु गम्भीर राष्ट्रिय चिन्ताको विषय भएको भन्दै मन्त्रालयले यस प्रकरणलाई गम्भीरताका साथ लिएको छ।

गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि दोषीमाथि प्रचलित कानुन र विभागीय नियमावली अनुसार थप कडा कारबाही अगाडि बढाइने गृह मन्त्रालय स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा प्रसाईलई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश
२०८३ असोज २०, मंगलबार
प्रेस काउन्सिललाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक कानुन मन्त्रालयमा
२०८३ असोज २०, मंगलबार
काँग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन
२०८३ असोज २०, मंगलबार
एक महिनापछि चल्यो च्याममा फोरजी सेवा
२०८३ असोज २०, मंगलबार
कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले गरे उम्मेदवारी दर्ता
२०८३ असोज २०, मंगलबार
वनमन्त्री चौधरी र विश्व वन्यजन्तु कोषका प्रतिनिधिबीच छलफल
२०८३ असोज २०, मंगलबार
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री सुधन गुरुङ
२०८३ असोज २०, मंगलबार