काठमाण्डौंः पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा मात्र १ हजार ५३५ जना कोरोना संक्रमित थपिएका छन् । यसमा ६ सय २९ जना महिला तथा ९ सय ६ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४७ जनाले ज्यान गुमाइसकेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया