काठमाडौंः आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम आज एकादशीका दिन पनि जारी छ ।
नेपालको पूर्वी भेगतिर कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया