असोज ६, २०८३ मंगलबार September 22, 2026

हेटौडा शहीद स्मारक : बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

मकवानपुरका आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका क्षेत्रमा बसोबास गरेका आदिवासी जनजातिको वेशभूषा, रीतिरिवाज, धर्म संस्कृतिका झलक तथा उनीहरुले प्रयोगमा ल्याएका भाँडावर्तन र औजार संग्रहालयमा राखिने शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिए ।

स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी शहीदको जीवनी र तिनले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानबारेका सामग्री पनि राखिने छ ।

शहिद स्मारकमा एउटै ठूलो ढुङ्गामा कुँदिएको १२ शहीदको आकृति र छुट्टै चिडियाघर पनि स्थापना गरिएको छ । स्मारकको उत्तररित प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनका नेता बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक स्थापना गरिएको छ ।

स्मारक अहिले झोलुंगेपुल, थाहा स्तम्भ, बुद्ध प्रतिमा, मनमोहन उद्यान, पौडी पोखरी, वनभोजस्थललगायत एक सिंँगे गैँडाको प्रतिमा स्थापना गरी बाह्य र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए । स्मारकमा भारतका विभिन्न शहर तथा भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्सलगायत देशका पर्यटक पनि अवलोकनका लागि आउने गरेका छन ।

बन्दाबन्दी र निषेधाज्ञाका कारण स्मारकमा बाह्य एवम आन्तरिक पर्यटक आउन नपाउँदा अहिले समितिलाई आर्थिक संकट उत्पन्न भएको छ । त्यहाँ कार्यरत प्रशासनिक एवम अन्य मजदूर, कर्मचारीलाई बडादशैँका अवसरमा पनि तलबभत्ता बाँड्न कठिनाइ उत्पन्न भएकाले अन्य स्रोतबाट रु ३० लाख ऋण लिई वितरण गरिएको न्यौपानेले राससलाई जानकारी दिए ।

समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा बाह्य र आन्तरिक पर्यटक गरी चार लाख १० हजार पर्यटकले स्मारकको अवलोकन गरेको र त्यसबाट रु एक करोड २५ लाख आम्दानी गरिएको छ । समितिलाई अझ प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन परिसरभित्र आन्तरिक पर्यटन सूचना केन्द्र, तालीम कक्ष, अतिथि भवन आदि निर्माण गर्ने सोच पनि छ ।

सहिद स्मारक परिसरबाट उत्तरतर्फ रहेको पुण्य क्षेत्रको शक्तिपीठमा जान करीब दुई किलोमिटर सडक निर्माणका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय र उपमहानगरपालिकालाई समितिका तर्फबाट पत्राचार गरिको छ । स्मारक भित्र हरियाली वातावरणलाई अझ संरक्षण गरी जिल्लाका अन्य क्षेत्रमा रहेका पर्यटन स्थानको व्यवस्थापन गरी बाह्य पर्यटक भित्र्याउन थानाभया¥याङदेखि भैरव डाँडाको मनमोहन भ्यु टावर र स्मारक जोड्ने थप सडक निर्माणका लागि वाग्मती प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

तत्कालीन मकवानपुर जिल्ला विकास समिति र हेटौंँडा नगरपालिकाको पहलमा वडा नम्बर ११ नवलपुरमा विसं २०५० वैशाख १५ गते स्मारक स्थापना गरिएको थियो । तत्कालिन जिविस सभापति वीरबहादुर लामाले उक्त स्मारकको शिलान्यास गरेको थियो । तत्कालिन नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ माघ १७ गते स्मारक उद्घाटन गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले करीब डेढ वर्षअघि समितिको परिसरमा स्थापित कोइराला, सिंह, पुष्पलाल र अधिकारीको शालिक अनावरण गरेकी थिइन । हेटौंडा बजारबाट करीब चार किलोमिटर उत्तरतर्फ करीब २० हेक्टर क्षेत्रफल स्मारक क्षेत्रले ओगटेको बताइएको छ ।

स्मारकमा तत्कालीन स्थानीय विकास र शहरी विकास मन्त्रालय, तत्कालीन जिविस, हेटाँैंडा नगरपालिका, विभिन्न गैरसरकारी संघसंस्था तथा बाह्य दातृ संस्थाको प्रत्यक्ष सहयोगसमेत गरी करीब रु २४ करोड अनुदान खर्च भइसकेको समितिले जनाएको छ । उक्त स्मारक विकास समितिमा हाल करीब ३० मजदूर र कर्मचारी कार्यरत छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार