काठमाण्डौंः हिमाली जिल्ला मुस्ताङको जोमसोममा कार्यरत एक बैंकका कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण देखिएको छ । जोमसोमस्थित साग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगुसहित कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका मुस्ताङका प्रमुख टिकाराम भण्डारीका अनुसार पोखरामा स्वास्थ्य परीक्षण गर्दा डेंगुसहित कोरोना संक्रमण देखिएको हो । डेंगुसहित कोरोना पुष्टि भएका ती कर्मचारी मुस्ताङबाट दसैं अघि कार्तिक ३ गते घर गएका स्वास्थ्य कार्यालयले जानकारी दिएका छन् ।
स्वास्थ्यमा केही समस्या देखिएपछि पोखरा बसपार्कस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा डेंगु पोजिटिभ देखिएको हो । त्यसपछि ती कर्मचारीको पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी आएको स्वास्थ्य प्रमुख भण्डारीले बताएका छन् ।
उनले आफू कार्यरत बैंकका कर्मचारीलाई समेत सुरक्षित होम क्वारेन्टाइनमा रहेर सजगता अपनाउन आग्रह गरेका छन् । संक्रमित बैंकका कर्मचारीको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र आफू सुरक्षित सोलेससनमा बसेको जानकारी गराएका छन् ।
मुस्ताङमै कार्यरत रहेका बैंकका कर्मचारीलाई कोरोना पोजिटिभको रिपोर्ट आएपछि मुस्ताङमा कोरोना जोखिम बढेको स्थानीय बताउँछन् ।
सरकारले पछिल्लो समय निशेधाज्ञा हटाएपछि मुस्ताङमा कर्मचारी ,शिक्षक ,जनप्रतिनिध ,विभिन्न संघसंस्था लगायतका व्यक्तिको आउजाउ बढेसँगै कोरोनो जोखिम बढेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले स्पष्ट जानकारी दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया