कार्तिक १, २०८३ आइतबार October 18, 2026

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या चार लाख ९६ हजार नाघ्यो

महाअष्टमीका दिन बिहानको समयमा उपत्यकाबाट बाहिरिने गाडीहरूको चाप उच्च देखिए पनि दिउँसोदेखि भने क्रमशः कम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। बडादशैं मनाउन तथा विभिन्न कामले काठमाडौँ उपत्यका छाड्ने यात्रुहरूको संख्या चार लाख ९६ हजार नाघेको छ।

बडादशैं मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या चार लाख ९६ हजार नाघ्योकाठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले दिएको जानकारी अनुसार घटस्थापनादेखि यता हालसम्म ७८ हजारभन्दा बढी सार्वजनिक सवारीसाधनले उपत्यका छाडेका छन् भने चार लाख ९६ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्।

प्रवक्ता सुवेदीले विशेष गरी महाअष्टमीका दिन घर फर्कने यात्रुहरूको चाप निकै बढी देखिएको बताए।

उनका अनुसार निजी सवारीसाधनमार्फत उपत्यका छाड्नेहरूको तथ्यांक भने अझै आइसकेको छैन। महाअष्टमीका दिन बिहानको समयमा उपत्यकाबाट बाहिरिने गाडीहरूको चाप उच्च देखिए पनि दिउँसोदेखि भने क्रमशः कम हुँदै गएको उनले बताए।

उपत्यका छाड्नेहरूको संख्या बढेसँगै हाल यहाँका मुख्य सडकहरूमा सवारीसाधनको चाप ह्वात्तै घटेको छ। सडक सुनसान बन्दै गएको अवस्थामा तीव्र गतिमा सवारी चलाउने, लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेर (मापसे/लापसे) गाडी चलाउने चालकहरूमाथि ट्राफिक प्रहरीले कडाइ गरेको प्रवक्ता सुवेदीले जानकारी दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया