श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अनिश्चित बन्दै नेकपा केन्द्रिय समितिको बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक अनिश्चित भएको छ । कात्तिक १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौंमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेपनि कोरोना संक्रमतिको संख्या बढदै गएकाले बैठक हुने सम्भावना कम हुँदै गएको हो ।

एक-दुई दिनमा सचिवालय बैठक बसेर वैठक स्थगित गर्ने या सार्ने सत्तारुढ नेकपाको तयारी छ । चार सय ४७ सदस्सीय केन्द्रीय समिति बैठक उपत्यकामा कोरोना संक्रमितको संख्या थपिईरहेको समयमा गर्न कठिन हुने निस्कर्षमा नेकपा नेतृत्व पुगेको हो ।

केन्द्रीय समिति बैठकबाट नेकपाले महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्ने तयारी गरेको छ । केन्द्रीय समिति अनिश्चत भएसँगै चैतमा तोकिएको महाधिवेशन पनि प्रभावित हुने भएको छ ।

पछिल्लो समय राजदूत नियुक्ति र कर्णाली प्रदेश विवाद लगायतले अध्यक्ष एबं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालविच विवाद थप चुलिएपछि बैठक झनै अनिश्चित भएको नेकपाका नेताहरुले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार