काठमाण्डौंः गण्डकी प्रदेशमा बुधबार बिहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका १२ जना सहित सहित थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा संक्रमित हुनेमा चापाकोटका ८ र गल्याङका ४ जना रहेका छन् । कास्कीमा सात जना संक्रमित थपिएका छन् । थपिएका सबै पोखरा महानगरका हुन् ।
त्यसैगरी गोरखामा दुई जना, मुस्ताङ र तनहुँमा एकरएक जना संक्रमित थपिएका प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । बुधबार विहान थपिएका सहित प्रदेशभर कुल संक्रमितको संख्या ६ हजार ८ सय १३ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया