असार ३०, २०८२ सोमबार July 14, 2025

झापामा कोरोनाबाट एक महिलाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड -१९ को सङ्क्रमणबाट मृत्यु भएको छ।

बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको थियो।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए।

निमोनिया सङ्क्रमण पत्ता लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो । बडादशैंको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया