कार्तिक ९, २०८३ सोमबार October 26, 2026

धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ कात्तिक : धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ ।

दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घर घरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजइतबारदेखि १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आइतबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आइतबारै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाएका छन् । आइतबार सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे समितिका अध्यक्ष सह प्रा पुरुषोत्तम भट्टराई बताउनुहुन्छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आइतबार राति जुवा खेल्ने विधान समेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ । पूजा सकिएसँगै आज रातभर जाग्राम बसिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार