काठमाण्डौंः जनता समाजवादी पार्टीले बाराकाे कलैयामा बिहिबार प्रहरीविरुद्ध प्रदर्शन गरेको छ ।
बाराको सदरमुकाम कलैयामा जनता समाजवादी पार्टीका नेता, कार्यकर्ताहरुले बुधबार राति भारतीय बजारबाट ल्याउँदै गरेको आलु, प्याज प्रहरीले नियन्त्रणमा लिन खोज्दा भएको झडपमा घाइते भएका स्थानीयहरुको विषयलाई लिएर समाजवादीले प्रदर्शन गरेको हो ।
सुवर्ण गाउँपालिका कवही गोठ बजारमा पर्ने इलाका प्रहरी कार्यालय कबीही गोठअगाडि बुधबार राति प्रहरी र स्थानीयबीच आलु प्याज ल्याउन नपाइने विषयमा झडप हुँदा एक बालक सहित २ जनालाई गोली लागेर घाइते भएका थिए।
घाइते हुनेमा सोही गाउँपालिका वडा नम्बर २ का रन्जन यादवको टाउकोमा गोली लागेको छ। स्थानीय एसआर अस्पतालमा उपचार हुन नसक्दा उनलाई थप उपचारका लागि वीरगंजको नारायणी बयोधा अस्पतालमा पठाइएको छ।
भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोजेका थिए।
त्यसक्रममा झडप भएको र झडपले उग्र रुप लिएपछि बारा प्रहरीले दर्जनबढी हवाई फायर गरेको थियो। सोही विषयलाई लिएर जसपाले प्रहरीविरुद्ध कलैयाको भरत चोक हुदै नगरपरिक्रमा गर्दै प्रदर्शन गरेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया