असार ३०, २०८२ सोमबार July 14, 2025

प्रदेश नं. १ मा बिहिबार थप १ सय ३४ कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नम्बर १ मा बिहीबार १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको भद्रपुर र विर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ , तेह्रथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ८४ पुगेको छ ।

प्रदेश १ मा बिहीबार  ७० जना डिस्चार्ज भएका छन्।  कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट २५–२५, बैजनाथपुर आईसोलेसन र विराट मेडिकल कलेजबाट १०–१० जना डिस्चार्ज भएका हुन।  हालसम्म १० हजार १ सय ७९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा बिहीबार  ४ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ।   हालसम्म १ लाख ५६ हजार ९ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया