कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

काठमाडौंका विभिन्न स्थानमा मंगलबार तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने

चाबहिल, गौशाला र पशुपतिलगायत क्षेत्रमा विद्युत् कटौती हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा मंगलबार बिहान तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कात्तिक १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने विभिन्न क्षेत्रमा बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।

निर्धारित समयभन्दा अगाडि नै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने प्राधिकरणले सूचनामार्फत जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया