असार ३०, २०८२ सोमबार July 14, 2025

कोरोना संक्रमित दाङका ७० वर्षीय पुरुषको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोनाभाइरस संक्रमणबाट दाङ घोराहीका एक कोरोना संक्रमित पुरुषको शनिबार मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ का ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको हो ।

उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारि दिए । आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताएका छन् । यो सँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जनाको मृत्यु भएको छ ।

यो अवधिसम्म बाँके जिल्लाका मात्रै थप ३० जनाको मृत्यु भइसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया