जेठ ५, २०८१ शनिबार May 18, 2024

यी हुन् मुटु बिगार्ने पाँच बानी (जानीराखौं)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कस्तो बानीले मुटु बिगार्छ र कसरी बच्ने भन्ने बारेमा हामी सबैले जान्न अति आवश्यक छ । असन्तुलित खानपान र रहनसहनले गर्दा अधिकांस नेपालीको मुटुमा समस्या पैदा भएको पाईन्छ । यी हुन् मुटु बिगार्ने पाँच बानी सम्बन्धी केही टिप्सहरुः

पहिलो बानी : मलाई लक्षण छैन, किन जाँच गर्ने?

अधिकांश मुटु रोगका लक्षण देखिँदैनन्। मुटुको समस्या गम्भीर र जटिल अवस्थामा पुगेपछि मात्र लक्षण देखिन सुरु गर्छ। त्यतिबेलासम्म उपचार गर्न महँगो र कठिनाइ हुने सम्भावना हुन्छ।

३० देखि ५० वर्षको उमेर भएका व्यक्तिहरूले मुटु रोगको जोखिमहरू छन् कि छैन भनेर अनिवार्य जाँच गनुपर्दछ। ५० वर्षभन्दा माथिका उमेरकाले पनि मुटुरोग परीक्षण गर्न आवश्यक छ।

यसको लागि हामीले केही समय र खर्च समेत गर्नुपर्छ।
तर, अधिकांश व्यक्तिहरूले म एकदमै व्यस्त छु, समय नै छैन भन्ने गरेका छन्। केही व्यक्तिमा त लक्षण नभएका कारण चेकजाँच गराउनु पर्दैन भन्ने मानसिकता रहेको हुन्छ।

हामीले खानपिन, रमाइलो लाखौँ पैसा खर्च गर्दै आएका हुन्छौ। तर, आफ्नौ स्वास्थ्यको चेकजाँच गराउनु पर्यो भने पैसा खेर गएको जस्तो अनुभव हुन्छ।

लक्षण नै छैन भनेर बेवास्ता गरिरहँदा रोग लागिसकेपछि समयका र खर्च पनि धेरै लाग्ने हुन्छ। त्यसका साथ साथै पहिलाको जस्तो स्वास्थ्य अवस्था राम्रो हुँदैन।

त्यसैले, आममानिसले लक्षण छैन भनेर चेक गर्न नजाने बानी आजै देखि परिवर्तन गर्न जरूरी छ। अनिवार्य रूपमा आफ्नो स्वास्थयको परीक्षण गरिरहनुहाेेेेस्।

दोस्रो बानी : चुरोट र मदिरा प्रयोगकाे बानी

४ जनामध्ये १ जनालाई वंशाणुगत गुण हुन्छ। यो कुरा धेरै जनालाई थाहा नहुन सक्छ। जसका कारण चुरोटले शरीरमाथि हुने नकारात्मक प्रभाव चार गुणा बढाइदिन्छ। अर्थात २ वटा चुरोट खानु भनेको ८ वटा चुरोट खानुपरेको हुनसक्छ। त्यो जिन कुन व्यक्तिलाई छ भने थाहा हुँदैन।

काेही व्यक्तिमा म त दिनमा एक दुई वटा चुरोट मात्र खान्छु। यसले त के बेफाइदा गर्छ भन्ने लागिरहेको हुन्छ। यदि तपाईले एक-दुई वटा मात्रै चुरोट खानुहुन्छ भने पनि मुटु बिग्राने सबैभन्दा ठुलो जोखिम लिइरहनुभएको छ।

विगतका एक-दुई वर्षमा मदिरामा भएको अनुसन्धानले स्वास्थ्य र मुटुका लागि राम्रो होइन प्रमाणित भइसकेको छ। त्यसकारण यो बानीलाई तत्कालै छोड्नु नै राम्रो हुन्छ।

तेस्रो बानी : प्रेसर, सुगर र कोलेस्ट्राेलकाे बेवास्ता गर्ने

अधिकांंश व्यक्तिहरूमा प्रेसर, सुगर र कोलेेेेेेेेेेेेस्ट्राेलकाे लक्षण देखिँदैन। लक्षण नभएको कारणले मानिसले औषधि सेवन गर्न रुचाउँदैनन् वा ढिलो गर्छन्। औषधी सेवन गरे पनि बीचबीचमा आफैँले छोड्ने गर्छन्। त्यसका साथै नियमित जाँच पनि गर्दैनन्।

चिकित्सकहरूसँग परामर्श लिनुपर्ने जस्ता केही काम पनि गरेको पाइँदैनन्। अधिकांंश मानिसले लक्षण नभएकाेेेे वा स्वास्थ्यमा केही समस्या नआएको कारण चेकजाँचमा ढिलाइ गरिहेको सुनाउँदै आएका छन्।

प्रेसर, सुगर र कोलेस्ट्रााेलकाे राम्रो उपचार नगर्दा त्यसले केही वर्षमै मुटुलाई बिग्रारिसकेको हुन्छ। त्यसैले मुटुलाई जोगाउनका लागि प्रेसर, सुगर र कोलेस्ट्राेलकाे नियमित चेकजाँच, उपचार र औषधिको सेवन गर्नुपर्दछ।

चौथो बानी : निस्क्रिय जीवनशैली

म दिनभर काममा नै व्यस्त हुन्छु र हिँड्नका लागि समय हुँदैन। घरबाट बिहान निस्किएर साँझ मात्र आउँछु। फुर्सद नभएका कारण व्यायाम गर्न पाउँदिन भनेर केही व्यक्तिले आफ्नाेे समस्या सुनाउँदै आएका छन्।

केही व्यक्तिले घर वा अफिसमा काम गरिरहँदा त्यहीबाट व्यायाम हुने बताउँछन्। त्यसका साथैै व्यस्त छु वा अल्छी लाग्छ भन्ने विभिन्न कारण देखाउने गर्दछन्।

यदि तपाई दैनिक ३० मिनेट देखि १ घन्टा स्वास्थ्यका लागि व्यायाम गर्न छुटाइरहनु भएको छैन भने ठुलो जोखिम लिइरहनु भएको छ। यो बानीको कुरा हो। आजबाट सुरू गर्नु भएन भने वृद्ध अवस्थासम्म तपाईको त्यही बानी रहन्छ।

जो व्यक्ति युवा बेलादेखि हिँड्ने बानी बसालेका हुन्छन्। उनीहरू वृद्ध अवस्थासम्म हिँडिरहेका हुन्छन्। एकै ठाउँमा धेरै बेर बस्ने र निकृष्य जीवनशैली विताउने मानिसहरूमा मुटु रोग, मधुमेह, क्यान्सर, मोटोपना र उच्च रक्तचाप जस्ता धेरै रोग देखिने सम्भावना हुन्छ।

यदि तपाई भोलिदेखि हिँड्छु भनेर सोच्नु भएको छ। त्यो बानी सुधार गरेर आजदेखि दैनिक १ घन्टा घर बाहिर हिँड्नु होस््।

पाँचौ बानी : अस्वस्थ आहारको सेवन

आजभोलि धेरै मानिसले अस्वस्थ्य आहारहरू सेवन गरिहेका हुन्छन्। ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ। त्यस्तो खानेकुराको प्रयोग दैनिक बढ्दै गएको देखिन्छ।

जस्तैः फास्टफुड, केक, आइसक्रिम, तयारी खानेकुरा सेवन गरिरहेका हुन्छन्। यस्ता खानेकुराको सेवनले पछि गएर मुटु रोग लाग्ने सम्भावना उच्च हुन्छ।

यदि तपाई प्राकृतिक आहार तथा साहाकारी खानेकुरा बढी सेवन गर्नुहुन्छ भने मुटु बढी सुरक्षित हुन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार