असोज ६, २०८३ मंगलबार September 22, 2026

स्थानीयले जग्गाको स्वामित्व दाबी गरेपछि कालमोचनघाट पुनर्निर्माण अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारी जग्गामा स्थानीय एक व्यक्तिले स्वामित्व दाबी गरेपछि काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित कालमोचन घाट पुनर्निर्माणको काम रोकिएको छ । पुनर्निर्माण भइरहेको क्षेत्रको दुई पैसा जग्गा स्थानीय एक व्यक्तिले दाबी गरेका छन् ।

थापाथली पुलको मुखैमा एउटा दुईतले घर छ । पुनर्निर्माणको काम त्यही घरमा पुगेपछि रोकिएको हो । खन्ने क्रममा जगको तल्लो भागमा चिल्ला ढुंगाको स्तम्भजस्तो आकार र त्यसमाथि परम्परागत संरचनामा प्रयोग गरिने बुट्टासहित इँटाको पर्खाल भेटिएको छ । त्यही संरचनामाथि घर बनाएको पाइएको छ । वडाध्यक्ष हीरालाल तण्डुकार भन्छन्, ‘यो जग्गा व्यक्तिको हुने कुनै आधार देखिँदैन, आधार प्रमाणले जग्गा सार्वजनिक भएको पुष्टि हुन्छ ।’

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमार्फत बागमती नदीकिनार सुधार परियोजनाअन्तर्गत पुनर्निर्माण जारी छ । सोही क्रममा सरकारी जग्गा व्यक्तिले दाबी गरेपछि काम रोकिएको वडाध्यक्ष तण्डुकारले बताए ।

वडाध्यक्ष तण्डुकार, गुठी संस्थानका उपप्रशासक सरोज थपलिया, पुरातत्व विभागका अधिकृत मञ्जु सिंह भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर असिम अधिकारी र परामर्शदातासहितका अधिकारीले आइतबार स्थलगत अवलोकन गरेका छन् ।

‘थापाथली पुल बनाउँदा त्यसको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाएको देखिन्छ, त्यो स्तम्भमा सिंहका मूर्ति राखिएको थियो, स्तम्भ कहिले र किन सम्भार गरिएन भन्ने खोजीको विषय हो,’ वडाध्यक्ष तण्डुकारले भने । त्यहाँ कित्ता नम्बर १८८ अन्तर्गत २९ रोपनी सरकारी सार्वजनिक जग्गा छ, जहाँ विगतमा वैरागी र सन्न्यासीहरूको अखाडा रहेको अभिलेख भेटिएको गुठी संस्थानका उपप्रशासक थपलियाले बताए । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार