असार ३०, २०८२ सोमबार July 14, 2025

नेपालमा थप ३ हजार ११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालभर पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ हजार १४२ निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका ११ हजार ११६ को पिसीआर परीक्षणमा ३११४ जनामा सङ्क्रमण पुष्टि भएको हो । देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ७९ हजार ६१४ पुगेको छ ।

अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ४१ हजार १३४ रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ४७६ पुगेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या १ हजार २७७ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया