श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जसपासँग मिलेर संसदको विशेष अधिवेशन बोलाउने काँग्रेसको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले अधिवेशन आह्वानको सिफारिस नगरे एक चौथाईको समर्थन जुटाएर संसदको विषेश अधिवेशन बोलाउने तयारी सुरु गरेको छ ।

यसअघि, संसद चलिरहेको बेला सभामुख अग्नि सापकोटालाई नै थाहा नदिएर प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद बैठक अन्त्य गरेका थिए ।

देशमा कोरोना भाईरस महामारी लगायतका विभिन्न राष्ट्रिय महत्वका विषयहरु अलपत्र परिरहेको बेला संसद बैठक अन्त्य गर्ने सरकारी निर्णयको कांग्रेसले विरोध गर्दै आएको छ ।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाका १ सय ७४ र नेपाली कांग्रेसका ६३ जना सांसद रहेका छन् । २५ प्रतिशत संख्या पुर्याउन कांग्रेसलाई थप केही सांसद आवश्यक पर्छ । प्रतिनिधिसभामा २७५ सदस्य भएकाले एक चौथाई पुग्न ६९ सांसद आवश्यक पर्छ ।

नेपाली काँग्रेसका ६३ मध्येका विजयकुमार गच्छदार र अफताफ आलम निलम्बनमा रहेकोले एक चौथाई पुर्याउन काँग्रेसलाई ९ जना अन्य दलका सांसदको समर्थन आवश्यक हुन्छ ।

काँग्रेसले संसदमा रहेको अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)सँग सहयोग लिनेबारे संवाद सुरु गरेको छ । यसबारे जसपाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार