काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको छ । बुधबार पनि सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३८० रुपैयाँ रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया