मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसिया कप राइजिङ स्टार्स प्रतियोगिता : नेपाल भारत ‘ए’सँग पराजित

भारत ‘ए’ सँग नेपालको लज्जास्पद हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल भारत ‘ए’सँग लज्जास्पद हार बेहोर्न पुगेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

तीन सय ३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११ दशमलव ३ ओभरमै मात्र २६ रनमा अलआउट भयो ।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पवन सर्राफ र राशिद खानले सर्वाधिक ६–६ रन बनाए । प्रातिस जीसीले ४ रन, नन्दन यादव र ललित राजवंशीले समान २ रन तथा दीपक डुम्रेले १ रन बनाए ।

नेपालका कप्तान कुशल भुर्तेल, अर्जुन कुमाल, बासिर अहमद, लोकेश बम र सन्दीप लामिछाने शून्य मै आउट भए ।

भारत ‘ए’का बलर प्रिन्स यादवले घातक बलिङ गर्दै ५ विकेट लिए । उनले ५ ओभरमा ६ रन मात्र खर्चिए । हर्षित राणाले ४ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे ।

त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रनको योगफल बनाएको थियो ।

भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ खेले । कुमारले १०२ बलमा १० चौका र ५ छक्काको मद्दतले ११७ रन बनाए । त्यस्तै तिलकले ११३ बलमा ६ चौका र ४ छक्कासहित १०७ रन जोडे ।

सुर्यांश शेडगेले १४ बलमा अबिजित ३६ रन बनाए । वैभव सूर्यवंशीले २६, अभिषेक शर्माले ९ तथा रिंकु सिंहले  समान ९ रन नै  बनाए ।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिए । त्यस्तै नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट हात पारे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया