काठमाण्डौंः काठमाण्डौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ३९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ६९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ३९८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार ५१ सङ्क्रमित थपिएका छन् । तीन हजार ४३० जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया