जेठ ५, २०८१ शनिबार May 18, 2024

आँखादान कसरी गरिन्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आँखा सम्बन्धि समस्या लेन्सको पारदर्शकत्वमा ह्रास आएरमा मोतिबिन्दु वा अन्धोपन हुने एक अध्ययनले बताएको छ। आँखाको नानीमा आउने खराबी अन्धोपनको प्रमुख कारण हो।

आँखाको नानीमा फुलो पर्दा कुनै किसिमको उचित औषधिमुलो छैन र एक मात्र विकल्प भनेको आँखाको नानी फेर्नु हो जसले गर्दा अन्धाले फेरि देख्न सक्ने हुन्छ। आँखा प्रत्यारोपण-आँखा फेरियो वा आँखाको प्रत्यारोपण गरियो भन्ने सुन्दा कता–कता आँखाको डल्लो नै फर्ने पो हो की भन्ने भान पर्नसक्छ। तर वास्तवमा आँखाको डल्लो नै फेर्ने नभई केवल आँखाको नानी मात्र प्रत्यारोपण अथवा फेर्ने हो, जसलाई आँखाको प्रत्यारोपण भन्ने गरिन्छ।

आँखाको सबैभन्दा अगाडि बाहिरपट्टि रहेको पारदर्शक झिल्ली नै आँखाको नानी हो। यसरी कुनै कारणवश आँखाको नानीमा फुलो पर्न गई दृष्टिहीन भएकालाई दृष्टि प्रदान गर्ने उद्देश्यले ती अन्धाको फुलो परेको आँखाको नानीलाई काटेर झिकिन्छ र बदलामा दाताबाट प्राप्त सफा आँखाको नानी आवश्यकताअनुसार प्रत्यारोपण गरिन्छ। कसरी गर्न सकिन्छ आँखादान-आँखादान कुनै पनि व्यक्ति जसको आँखा स्वस्थ छ, उसले गर्नसक्छ। यसमा उमेर तथा आँखाको पावर कम र चश्मा लगाएको आदिले कुनै बाधा गर्दैन। किनभने आँखा फेर्ने अथवा आँखाको प्रत्यारोपण भनेको आँखाको डल्लो नै फेर्ने नभई आँखाको नानीको मात्र प्रत्यारोपण हो।

आँखादान र सामाजिक अवधारणा हाम्रो यो अन्नपानीको शरीरले जब प्राण त्याग्छ, तब विभिन्न धर्म र संस्कारअनुसार कसैलाई जनाइन्छ भने कसैलाई गाडिन्छ। जसले गर्दा हाम्रो शरीर खरानी र माटोमा परिणत हुन्छ । मृत्युपछि जलेर, सडेर जाने हाम्रो मृत शरीरमा रहेको आँखाको नानी जुन कोही जीवित अन्धालाई जिउनका लागि पुनः प्रयोगमा ल्याउन सकिन्छ, यसरी कुनै एक व्यक्तिले आँखा दान गरेमा त्यसको मृत शरीरबाट प्राप्त गरिने आँखाको नानीले चारजना अन्धालाई दृष्टि प्रदान गर्दछ।

कोही मानवको हित गर्नु जो कोहिको कर्तव्य मात्र नभई सबै धर्मले दिएको उपदेश पनि हो। तसर्थ, हाम्रो समाजमा रहको रुढिवादी परम्परा र सामाजिक मूल्य एवं मान्यतालाई सकारात्मक हिसाबले प्रयोजनमा ल्याई आँखादानप्रति समाजका व्यक्ति विशेषहरुले चाख देखाएका आम जनतामा पनि यसको उत्साह बढ्ने निश्चित छ। एकजना व्यक्तिले आँखादान दिने प्रण गरेमा चार जना अन्धालाई दृष्टि प्रदान र अन्धोपनको अध्ययन र अनुसन्धानमा योगदान पुर्याउँछ।

दाताको परिवारमा शान्ति, सन्तुष्टि र सकारात्मक भावना जगाउँछ। दाताको दानप्रतिको उदारता र मानवीयता बोध गराउँछ। गोपनीयता र विश्वसनीयतामा कुनै कमी हुने छैन। दाताको उमेर आदिले बाधा पार्ने छैन। दाताको मृत शरीरको आकृति वा चेहरामा कुनै असर नपारी केही मिनेटमै आँखाको नानी मात्र झिकिन्छ।-

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार