चैत्र १३, २०८१ बुधबार March 26, 2025

अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ

अमेरिकाको न्यूयोर्क शहरमा यो अनौठो पार्लर खुलेको छ जसको नाम  ‘सोब पार्लर’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, ८ फागुन । मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ । मान्छेको जिवनमा कहिले खुशी आउँदा खुसीले हाँस्न थाल्छ भने कहिले दुखको बेला मान्छे दुखी हुन्छ र यस्तो अवस्थामा आँखाबाट आँसु आउँछ ।

तर, कहिलेकाहीँ यस्तो हुन्छ कि मानिसहरु रुन चाहन्छन् तर अरुलाई देखाउन चाहदैनन् कि उनीहरु रुदैँछन् । अब यस्तो अवस्थामा के गर्ने ? यो उनीहरुका लागि ठूलो प्रश्न बनेको छ तर अमेरिकाका एक व्यक्तिले यो प्रश्नको जवाफ फेला पारेका छन् ।

I cried for fun at NYC's first pop-up 'cry spa' — then went back to work  like it never happened

वास्तवमा, उनले यस्तो पार्लर बनाएका छन् जहाँ मानिसहरू आएर आँसु बगाउन सक्छन् र आफ्नो रिस बाहिर निकाल्न सक्छन्।

अमेरिकाको न्यूयोर्क शहरमा यो अनौठो पार्लर खुलेको छ जसको नाम  ‘सोब पार्लर’ हो । यस पार्लरमा प्राइभेट क्राइ रुम बनाइएको छ, जहाँ रुने सुविधा उपलब्ध छ । यस कोठामा गएर एक व्यक्ति आफ्नो हृदयको सन्तुष्टि रून र आफ्नो मन हल्का गर्न सक्छ।

न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार यो अनौठो पार्लर गत वर्ष एन्थोनी विलोट्टी नामका व्यक्तिले सुरु गरेका थिए ।  एन्थोनीका अनुसार आजकल अधिकांश मानिस तनावको समस्यासँग जुधिरहेका छन् । कोही घरको समस्याले तनावग्रस्त हुन्छन् भने कोही अफिसको तनावबाट ग्रसित हुन्छन् । त्यसैगरी कतिपय मानिसहरु आफ्नो सम्बन्धका कारण तनावमा पनि हुन्छन् ।

यस्तो अवस्थामा उनीहरूलाई रुन मन लाग्छ किनभने वैज्ञानिकहरू पनि भन्छन् कि रोएर मुटुलाई हल्का बनाउँछ र तनाव कम गर्न मद्दत गर्छ। यही सोचेर एन्थोनीले यो पार्लर खोलेका थिए ।

उनको ‘सोब पार्लर’ मा तनावबाट पीडित मानिसहरु मात्र आउने गर्छन । र, विशेषगरी घर वा अफिसको तनावमा परेका वा नराम्रो सम्बन्धका कारण तनावमा परेकाहरु आउने उनको भनाइ छ ।

रिपोर्टका अनुसार ‘सोब पार्लर’ को क्राइ रुममा आँखामा आँसु ल्याउने ऐना र तकियाजस्ता कुराहरू राखिएका छन् र साथसाथै यहाँ भावुक गीतहरू पनि सुन्न सकिन्छ। एन्थोनी भन्छन्, ‘यहाँ आएपछि कतिपयलाई १० मिनेट रोएर मात्र सान्त्वना मिल्छ भने केहीले अलि बढी समय लिने गर्छन् । सोब पार्लरको माहौल यस्तो छ कि रोए जस्तो पनि भैरहेको हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार
इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार
२०८१ चैत्र १३, बुधबार
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
२०८१ चैत्र १३, बुधबार
दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित
२०८१ चैत्र १३, बुधबार