श्रावण १४, २०८३ बिहिबार July 30, 2026

बिधा बालन माग्थिन पाँचतारे होटल अगाडी भिख, पुरै कुरा जान्नुहोस्

निकै विलासी जीवन जिउने विद्याले एकपटक पाँच तारे होटल बाहिर भिख माग्नु परेको खुलासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, ७ बैशाख । यी अभिनेत्रीले आफ्नो करियरमा अहिलेसम्म धेरै उत्कृष्ट फिल्म गरिसकेकी छिन् । उनी निकै विलासी जीवन बिताउँछिन् । तर एक पटक उनले पनि भिख माग्नु परेको थियो भने सायदै पत्याउनु हुन्न । यसको खुलासा अभिनेत्री स्वयमले गरेकी छिन् ।

यी अभिनेत्री अरु कोहि नभई विद्या बालन हुन् । विद्याले  ‘परिणीता’, ‘कहानी’, ‘लगे रहो मुन्ना भाई’, ‘बेगम जान’ जस्ता फिल्ममा आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मनमा स्थान बनाएकी छिन् । अहिले नायिका  ‘दो और दो प्यार’ बाट सिल्वर स्क्रिनमा कमब्याक गर्दैछिन् ।

निकै विलासी जीवन जिउने विद्याले एकपटक पाँच तारे होटल बाहिर भिख माग्नु परेको खुलासा गरेकी छिन् । अब थाहा पाउनुहोस, खासमा के भएको थियो ?

म्यासेबल इन्डियालाई दिएको अन्तर्वार्तामा विद्याले भनिन्, ‘हाम्रो आइएमजी अर्थात् इन्डियन म्युजिक ग्रुप थियो । उनले प्रत्येक वर्ष शास्त्रीय संगीत कन्सर्ट, भारतीय क्लासिक संगीत कन्सर्टहरू आयोजना गर्थे। यो कन्सर्ट तीन दिनसम्म रातभर चलेको थियो। यो धेरै अद्भुत थियो। म पनि सोही आयोजक समितिमा थिएँ । वास्तवमा म स्वयंसेवक थिएँ। कार्यक्रम मिलाउन सहयोग गर्थ्यौं र राति कार्यक्रम सकिएपछि नरिमन प्वाइन्ट घुम्न जान्थ्यौं ।’

विद्याले थप खुलासा गरिन्, ‘एकपटक मलाई चुनौती दिइयो । उसले मलाई पाँचतारे होटल ओबेरोय द पाम्सको कफी सपको ढोका ढकढकाएर केही खाने कुरा माग्न भनियो।

विद्याले थप भनिन्,  ‘म एक अभिनेता थिएँ, उनलाई यो थाहा थिएन । मैले लगातार ढोका ढकढकाउन थालें। सबैलाई रिस उठ्न थाल्यो । मैले धेरै पटक ढकढक्याएँ। मैले भनें, ‘प्लिज मलाई भोक लागेको छ। हिजोदेखि मैले केही खाएको छैन ।’ केही समय पछि उनीहरू अर्कै दिशामा हेर्न थाले । त्यसपछि मेरो साथी लज्जित भयो र मलाई आउन आग्रह गर्नुभयो। यद्यपि मैले शर्त जितें।’

विद्याले भनिन्,  ‘मलाई त्यो चुनौती जिम जाम बिस्कुटका लागि दिइएको थियो । कन्सर्टको लागि हाम्रो प्रायोजक ब्रिटानिया थियो र हामीसँग धेरै बिस्कुटहरू थिए। तर मैले जितेँ भने जिम जामको एक्स्ट्रा प्याकेट पाउँछु भनेँ र त्यो पनि पाएँ।’

पाँच तारे होटल अगाडि भीख माग्ने विद्या करोडौंको मालिक हुन । मेन्स एक्सपीका अनुसार विद्याको हाल कुल नेटवर्थ १३६ करोड रुपैयाँ छ। विद्या बालन र सिद्धार्थ रोय कपुरको मुम्बईमा ८ करोड भारुको विलासी अपार्टमेन्ट छ । निर्माताले आफ्नी श्रीमतीलाई १४ करोड रुपैयाँको हवेली पनि उपहार दिएका थिए । हाल विद्याले एउटा फिल्मका लागि ३ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार