काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना नियन्त्रणमा सरकारको असफलता र बढ्दो भ्रष्टाचारको विरोधमा जनसंघर्ष गर्ने तयारी गरेको छ ।
पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच आज बुढानीलकण्ठमा बसेको बैठकले सरकार कोरोना नियन्त्रणमा असफल भएको र भ्रष्टाचारका विषयलाई लिएर जनसंघर्ष गर्ने बारे छलफल गरेका हुन् ।
पार्टीका सचिवालय सदस्य राजाराम बर्ताैलाले बैठकमा देशको राजनीतिक अवस्था, पार्टी संगठनको बारेमा समिक्षा भएको जानकारी दिएका छन् । बैठकमा स्थानीय तहमा पार्टी समायोजनालाई तीव्रता दिने सहमती भएको उनले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया