श्रावण २, २०८२ शुक्रबार July 18, 2025

तिहारबारे नेवार समुदायमा अन्योल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत वर्षझैं यस वर्ष पनि नेवाः समुदायमा तिहार पर्व अर्थात् ‘स्वन्ति नखः’ मनाउने दिनबारे अन्योल छाएको छ । तर, नेपाल संवत् ११४१ नयाँ वर्ष मनाउने विषयमा सबै सरोकारवालाको एकमत रहेको पाइएको छ ।

नेपाल भाषामा ‘स्व’ भनेको तीन र ‘ति’ भनेको तिथि अर्थात् तीन तिथिको समयमा मनाउने पर्व भएकाले स्वन्ति नखः भनिएको संस्कृतिविद्हरुको भनाइ रहेको छ । यसपटक लक्ष्मी पूजा, म्हः पूजा र किजापूजा ९भाइटीका० कात्तिक २९, ३० र मंसिर १ गते मनाउने कि कात्तिक ३०, मंसिर १ र २ गते भन्नेमा अन्योल उत्पन्न भएको हो ।

तिथिमितिअनुसार पर्व मनाउने विषयमा परम्परादेखि नेवाः समुदायमा दुईखाले विधि वा मतबाट प्रभावित रहेको पाइएको छ । जुन दिन वा तिथिमा सूर्योदय भयो, त्यही तिथिलाई दिनभर लागू भएको मान्यताअनुसार पर्व मनाउने एउटा विधि र अर्को मत भनेको तिथि सकिन साथ बिहान, बेलुका जुनसुकै समयमा सोहीअनुसार पर्व मनाउने । कुन विधिलाई कसले मान्ने भन्ने मुख्य प्रश्न रहेको यस विषयमा सञ्चारमाध्यममा निरन्तर बहस चलाइराखेका सञ्चारकर्मी श्रीकृष्ण महर्जनले बताए ।

परापूर्वकालदेखि नै काठमाडौंमा तिथिमितिको सवालमा जनबहालका वज्राचार्य गुरुजुले भनेअनुसार मनाउँदै आएका छन् । त्यसै गरी भक्तपुरमा भक्तपुरको तलेजु पुजारी र ललितपुरमा क्वाबहाः अर्थात् हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथिअनुसार पर्व मनाउँदै आएका छन् । उपत्यकाका तीनवटै केन्द्रले फरक फरक दिनमा स्वन्ति नखः मनाउने भएपछि जनस्तरमा यसखाले अन्योल सिर्जना भएको हो ।

जनबहालका पुजारी नीलकाजी शाक्यले सूर्योदय जुन तिथिमा पर्छ त्यही तिथिलाई दिनभरि मान्ने चलन भएअनुसार आफूहरुले कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म तीन दिन लगाताररुपमा लक्ष्मीपूजा, म्हपूजा र भाइटीका गर्नुपर्ने बताए ।

काठमाडौंको जनबहाल सेतो मच्छिन्द्रनाथको धार्मिक पूजामा गणना गरिने तिथि र परम्परालाई आधार मानेर विशेषतः काठमाडौं केन्द्रीय विभिन्न जातीय समाज, खलः पुच र संघसंस्था, काठमाडौंका संस्कृतिविद्, ज्योतिषी, वज्राचार्य गुरुजुहरुको कात्तिक ३०, मंसिर १ र २ गते मनाउन आग्रह गरेको छ । बिहान सूर्योदय हुँदा जुन तिथि परेको हो सोहीअनुसार पर्व मनाउने परम्परा रहेको उल्लेख गर्दै संंस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायले भने– ‘बिहान चतुर्दशी भनेर कुकुर पूजा गर्ने र बेलुका औंसी परेको भन्दै लक्ष्मी पूजा गर्नु उचित हँुदैन । बिहान चतुर्दशी र बेलुका औंसी परेकोे रातलाई कालरात्रिलाई भनिन्छ । कालरात्रिमा लक्ष्मीलाई पूजा गरिँदैन ।’

भक्तपुर र ललितपुरमा क्रमशः तलेजु र हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथि र सोही आधारमा प्रचलित परम्पराअनुसार कात्तिक २९, कात्तिक ३० र मंसिर १ गते स्वन्ति नखः मनाउनेछन् । ललितपुरका १९ वटा जातीय समाज र नेपाल भाषा मंका खलः ललितपुरका पदाधिकारीसहित ज्योतिषी, संस्कृतिविद्, वज्राचार्य गुरुजुको बसेको संयुक्त बैठकले कात्तिक २९ गते लक्ष्मी पूजा, कात्तिक ३० गते म्हः पूजा र मंसिर १ गते किजा पूजा गर्ने निर्णय गरेको छ ।

हिरण्यवर्ण महाविहार क्वाबहाः परम्परागत पात्रोलाई आधार मान्दै बैठकले सो निर्णय गरेको बताइएको छ । कात्तिक २९ गते शनिबार दिउँसो १ बजेदेखि औंसी परेको उल्लेख गर्दै सोही दिन लक्ष्मी पूजा गर्ने भनेको छ ।

त्यसै गरी कात्तिक ३० गते आइतबार बिहान ११ बजेर २८ मिनेटपछि प्रतिपदा तिथि परेकाले म्हःपूजा र मंसिर १ गते सोमबार बिहान ९ बजेर १३ मिनेटपछि द्वितीया परेको जनाउँदै किजापूजा (भाइटीका) गर्ने बैठकले निर्णय गरेको हो । सबै जातीय समाज सम्मिलित न्हूदँ समारोह समिति ललितपुरले विगतको परम्परा, प्रमाण र शास्त्रीय मतअनुसार स्वन्ति नखः मनाउन आग्रह गरिएको विज्ञप्तिमा भनिएको छ । नेपाल समाचारपत्र दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार