असार २५, २०८२ बुधबार July 9, 2025

अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको हिन्दकुश क्षेत्रमा भुकम्पको शक्तिशाली धक्का महशुस गरिएको छ । भारतीय मौसम विभागको मापन अनुसार ६.३ रेक्टर स्केलको धक्का गएको बिबिसीले जनाएको छ ।

पाकिस्तानको क्वेटामा ५.५को तिव्रता मापन गरिएको जनाएको छ । जमिनको १२.१ किलोमिटरमुनी भूकम्पको धक्का गएको थियो । क्वेटा पाकिस्तानको दक्षिणमा रहेको अफगानिस्तानसँग सिमा जोडिएको क्षेत्र हो ।

भूकम्पको केन्द्र क्वेटाको उत्तरपुर्व ३८ किलोमिटर पर पिशिन, हार्नाई र बलुचिस्तानसम्म भुकम्पको धक्का महशुस गरिएको जनाइएको छ । हालसम्म कुनै मानविय क्षतिको विवरण प्राप्त हुन नसकेको बिबिसीले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया