जेठ ५, २०८१ शनिबार May 18, 2024

के खाने ? कति खाने ? कसरी खाने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेट खाली रहँदा दिमागले उत्कृष्ट ढंगले काम गर्छ भनेर अध्ययनहरूले देखाएका छन् । अध्ययनकर्ताहरूले यो पनि पत्ता लगाएका छन् कि खाली पेटले घ्रेलिन नामको हर्मोन उत्पादन गर्छ । त्यही हर्मोनले पेट खाली छ भनेर दिमागमा सन्देश पठाउँछ । सो हर्मोनले यसका साथै अन्य काम पनि गर्छ । घ्रेलिनले दिमागमा रहेको हिप्पोक्याम्पस नामक क्षेत्रलाई सक्रिय बनाउँछ ।

हिप्पोक्याम्पस दिमागको त्यो क्षेत्र हो, जसले सिक्ने, स्मरण गर्ने र स्थानसम्बन्धी अनुसन्धानको नेतृत्व गर्दै हामीलाई सधैं सतर्क, क्रियाशील र ध्यान केन्द्रित रहन मद्दत गर्दछ । पेट खाली हुनेबित्तिकै दिमाग सक्रिय हुन्छ भन्नुको अर्थ हामीले कहिल्यै खाना खानु हुन्न भन्ने होइन । तर खाना कति खानुपर्छ भन्ने विषयमा हामी सचेत हुनुपर्छ ।

तपाईंले दिनभर खाना खाइरहन हुँदैन । तपाईं तीस वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने दिनको तीनपटक खाँदा तपाईंको शरीरलाई हित गर्छ । तपाईं तीसभन्दा माथिको हुनुहुन्छ भने दिनको दुईपटक खानु नै राम्रो । हाम्रो शरीर र दिमागले खाली पेटमै राम्रोसँग काम गर्छन् । यसरी सचेत भएर खाना खानुहोस् कि भुँडीको थैलोबाट साँढे दुई घन्टामा खाना बाहिर निस्कियोस् । १२ देखि १८ घन्टामा खाना शरीर प्रणालीबाटै पूर्णरूपमा खत्तम होओस् । खाना खाँदा तपाईंले यी सामान्य सचेतता अपनाउनु सक्नुभयो तपाईं धेरै शक्तिवान्, चुस्त र चनाखो रहन सक्नुहुन्छ ।

चपाउनु सतपाईंका बाआमाले तपाईंलाई बाल्यकालमा धेरैपटक एउटै कुरो भन्ने गर्नुहुन्थ्यो होला- खाना राम्ररी चपाएर खाऊ त्यसो भए राम्ररी पच्छ । अध्ययनहरूले देखाएका छन् कि स्टार्चयुक्त खाना (चामल, गहुँ, मकै, आलु र कासाभाजस्ता अन्ननिर्मित खाना) को ३० प्रतिशत पाचन थुकको सहयोगले हुन्छ । त्यसो हुँदा खाना खाएको कमसेकम दुई घन्टामा मात्र सुत्नु उचित हुन्छ । पाचनले तपाईंको शरीरमा मेटाबोलिक गतिविधि (सक्रियता) सुरु हुन्छ । यस्तो अवस्थामा तपाईं सुत्नुभयो भने तपाईं न त सुत्नुहुन्छ, न राम्ररी पचाउन नै सक्नुहुन्छ । खाना खानेबित्तिकै सुत्दा तपाईंको खानाको चरित्रअनुसार तपाईंले खाएकोमध्ये धेरै भाग खाना नपच्न सक्छ ।

योगमा हामी भन्छौं, ‘तपाईं थोरै मात्र खाना खानुहुन्छ भने पनि त्यसलाई तपाईंले २४ पटक चपाउनुपर्छ । यसको वैज्ञानिक आधार छ । तर एउटा कुरा के हो भने यसो गरे खानाको पूर्वपाचन मुखमै हुन्छ र त्यसले तपाईंको शरीर प्रणालीलाई ढिलो बनाउँदैन । अर्को कुरो, तपाईंले खाना २४ पटक चपाउँदा त्यो खानाको सम्पूर्ण विवरण तपाईंको शरीर प्रणालीमा स्थापित हुन्छ र शरीरका प्रत्येक कोषले तपाईंको शरीरका लागि कुन खाना ठीक हो, कुन बेठीक हो भनेर निर्णय गर्न सुरु गर्छ ।

 तपाईंले केही समयसम्म यसो गर्नुभयो भने तपाईंका प्रत्येक कोषलाई के मन पर्छ या पर्दैन भन्नेबारे उनीहरूले शिक्षा पाउनेछन् । खाना खाने क्रममा पानी नपिउन पनि सल्लाह दिइन्छ । खाना खानुअघि थोरै मात्रै पानी पिउनहोस् या खाना खाएको आधा घन्टा या पैंतालीस मिनेटपछि मात्रै पानी पिउनुहोस् । खानेपानीलाई रातभर तामाको भाँडोमा राख्नु उचित हुन्छ । यसले पानीका ब्याक्टेरिया मार्छ र पानीलाई तागतिलो बनाउँछ । एक परीक्षणले अस्पतालका सघन उपचार कक्ष (आईसीयू) को खाट, बेन्च र हातले छोइने स्थानहरूमा तामाको प्रयोग गर्दा अस्पतालमा संक्रमण फैलाउन सक्ने ९७ प्रतिशत ब्याक्टेरिया मरेको पाइएको छ ।

खानाको समय

खासगरी दक्षिण भारतमा उपलब्ध तरकारी तथा सागपातलाई शरीरको आवश्यकतालाई ध्यानमा राख्दै गर्मीयामको समयमा एक तरिकाले पकाइन्छ, वर्षायाममा अर्को तरिकाले र जाडोयाममा झन् अर्को तरिकाले । खानपानको त्यो ज्ञानलाई प्रयोग गर्दै आफ्नो स्थान र मौसमअनुसारको खानपान अपनाउनु उचित हुन्छ । उदाहरणका लागि पुस-माघमा गहुँ र तिल खाइन्छ, जसले शरीरमा ताप उत्पन्न गर्छन् ।

जाडोयाममा प्रायः छाला फुट्छ, मौसम चिसो हुन्छ । तर हाम्रो परिवेशमा मान्छेहरू अन्यत्रजस्तो अझै पनि कोल्डक्रिमहरू लगाउँदैनन् । बरु दैनिक रूपमा तिलजन्य भोजन खान्छन् मान्छेहरू । यसले शरीरलाई न्यानो र छालालाई सफा राख्छ । शरीरमा धेरै ताप भएपछि हाम्रो छाला फुट्दैन । गर्मीयाममा शरीर तातो हुन्छ, त्यसो हुँदा शरीरलाई चिसो राख्न खाना खाइन्छ । उदाहरणका लागि तमिलनाडुमा काम्बु नामक एक प्रकारको कोदोको भोजन खाइन्छ । यी कुरा पहिल्यैदेखि प्रचलित छन् र खास मौसममा यिनले शरीरलाई समायोजन गर्छ ।

सन्तुलित भोजन

सन्तुलित भोजन खानु उत्तिकै महत्वपूर्ण छ । तर त्यसको मतलब कुन खानामा कति प्रोटिन, भिटामिन र कार्बोहाइड्रेट हुन्छ भनेर हामी रुमलिनु पनि पर्दैन । पर्याप्त रूपमा तरकारी, सागपात, गेडागुडी, दाल र अन्य अन्न खाँदा स्वतः सन्तुलित भोजन हुन जान्छ । अहिले भारतमा आठ करोड भारतीय मधुमेह रोगोन्मुख छन् । यसको प्रमुख कारण धेरैजसो भारतीयले एक अन्नको मात्र भोजन गर्नु हो । मान्छेहरू कि गहुँजन्य भोजन खान्छन् कि त चामलजन्य । एक प्रकारको मात्रै खाना नियमित खाँदा यसले समस्या ल्याउँछ नै । यसकारण व्यक्तिको खानामा धेरै प्रकारका अन्न समावेश गर्नु आवश्यक छ ।

भारतमा परम्परागत रूपमा मान्छेहरू टन्न चना, दाल, अनेक प्रकारका गेडागुडी र अन्न खाने गर्थे । तर विस्तारै यो खाद्य परम्परा तोडिँदै गएको छ । तपाईं दक्षिण भारतीय नागरिकका थालमा हेर्नुहुन्छ भने त्यहाँ एक थुप्रो भात र थोरै सागसब्जी मात्र देख्नुहुन्छ । यो गम्भीर समस्या हो । विगत २५ देखि ३० वर्षदेखि चलेको सम्पूर्ण रूपमा कार्बोहाइड्रेट भोजनतर्फको यो प्रचलनलाई ठ्याक्कै उल्ट्याउनुपर्छ । किनभने धेरै कार्बोहाइड्रेड र थोरै मात्र अन्य खानेकुराले व्यक्तिको दीर्घकालीन स्वास्थ्यमा गम्भीर समस्या पार्नेछ । मान्छेको मस्तिष्कमा यसबारे आधारभूत रूपमा वैचारिक परिवर्तन हुन आवश्यक छ । खानाको धेरै अंश भात हुनु हुँदैन, बरु अरू चीज हुनुपर्छ । भात खाने कि नखाने त तपाईंको इच्छा हो । भोकको अवस्थाअनुसार भातबारे निर्णय गर्नुपर्छ ।

शरीरका लागि खाना

खाना शरीरका लागि हो । के खाने र कति खाने भन्ने कुरा तपाईंले आफ्नै शरीरलाई सोध्ने हो । कुनै पनि खाना खाने बानी बसाल्नु या कुनै पनि भोजनको स्वादको पछि लाग्नुभन्दा पनि आफ्नो शरीरबारे अत्यन्त सचेत भएर र विवेक प्रयोग गरेर खाना खानुपर्छ । सहजै पच्ने र रेसादार अन्न-गेडागुडी-सागपात खानु राम्रो हुन्छ । तर माछामासु स्वास्थ्यका लागि अहितकारी रहेको हामीले ख्याल राख्नुपर्छ । उल्लिखित सबै विवरण सबैलाई काम नलाग्ला तर धेरैका लागि उपयोगी छन् । तर यो पनि भुल्नुहुन्न कि प्रत्येक शरीर आफैंमा भिन्न संरचना हो र विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले माथिका सुझाव मान्नैपर्छ भन्ने छैन । खानपान र पोषणबारे राम्रो जानकारी भएका डाक्टरसँग सल्लाह गरेर मात्र तिनले खानपान बदल्न सक्छन् । सद्गुरु डटओआरजीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार