काठमाण्डौंः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा आली पक्षले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाले ओली माथि लगाएको आरोप फिर्ता नलिए मंसिर ३ गते बैठक न डाक्ने अडान लिए पनि बैठक डाकेर ओलीलाई एक पद त्याग्न दबाब दिने तयारी प्रचण्डका पक्षको छ ।
पार्टी निर्णयविपरीत चलेको निष्कर्ष निकाल्दै केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका असन्तुष्ट पक्षका सदस्यहरुले पार्टीको तत्कालीन संकट निवारणका लागि ओलीले एक पद त्याग गर्नुपर्ने अडानमा एक हुने रणनीति निर्माण गरेका छन्। ।
असन्तुष्ट पक्षको नेतृत्व गरेका पार्टीका कार्यकारी ‘प्रचण्ड’ द्धारा शुक्रबारको सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमै ओलीले त्याग गर्नुपर्ने स्थिति आएको उल्लेख गरिएकाले त्यसमै टेकेर ओलीलाई एक पदबाट हट्न दबाब दिने रणनीति उनीहरुले बनाएका हुन्। ।
‘कार्यशैली सच्याउन पनि तयार नहुने, बैठक पनि डाक्न तयार नहुने ओलीलाई अब कम्तीमा एक पदबाट हामीले हटाइछोड्नु पर्ने भएको छ । पार्टी निर्णय लागू गर्न ओलीलाई फेर्नुपर्ने बाध्यता हाम्रो हो,’ प्रचण्ड पक्षका एक सचिवालय सदस्यले देश सञ्चारसँग जानकारी दिएका छन ।
ओलीले पार्टी एकताको रक्षाका लागि भन्दा पनि धम्की मात्रै आउन थालेको र आफूहरुविरुद्ध केकस्तो कदम चाल्ने भन्नेमा राष्ट्रपतिसँग समेत पटकपटक छलफल गरेको अवस्थामा उनको विकल्प खोज्ने निर्णयमा आफूहरु पुगेको ती सदस्यले जनाएका छन ।
ओलीको एक पदबाट राजीनामाका लागि प्रचण्डले तीन दिन यता लगातार आफ्ना पक्षका नेताहरुसँग परामर्श जारी राखेका छन्। यो बीचमा प्रधानमन्त्री ओली प्रचण्ड पक्षका वरिष्ठ नेता माधवकुमार नेपाललाई चार पटक बालुवटार बोलाएर उनलाई मनाउने प्रयासमा असफल भएका पनि जनाएको छ ।
साथै हालै सर्वोच्च अदालतबाट सांसदमा रहन र मन्त्री बन्न पाउने बाटो खुलेपछि प्रचण्ड पक्षका नेता बामदेव गौतमलाई पनि ओलीले मनाउने हरप्रयास गरिरहेका छन्। ।
तर नेपाल र गौतम प्रचण्डको पक्षमा यसपटक दरिलोसँग उभिएपछि ओली अल्पमतमा परेका छन्। र, बहुमतले उनलाई कम्तिमा एक पदबाट हटाउने तयारी गरेको छ । ‘सकेसम्म हामी ओलीलाई पार्टी अध्यक्षबाट हटाउनेमा केन्द्रीत हुने छौँ ।
उनले प्रचण्डलाई कार्यकारी अधिकार दिएर पनि त्यसमा पटकपटक हस्तक्षप गरेका छन्। ‘अब पार्टीलाई व्यवस्थित गर्न एकै अध्यक्ष बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो’,सचिवालयका ती सदस्यले जानकारी दिए ।
उनका अनुसार पार्टीमा निर्णय गर्दा सहमत हुने तर पछि कार्यान्वयमा चुक्ने ओली प्रवृति हटाउनका लागि आफूहरु सक्दो लागेको तर सोही समयमा पार्टी बचाउनु पर्ने दायीत्व पनि आफ्नो काँधमा आएको हो ।
आफ्नो राजीनामा माग्न ठिक्क परेको भन्दै सुरुमा केन्द्रीय सचिवालय बैठक बोलाउन तयार नभएका ओलीले प्रचण्डलाई विभिन्न आरोपसहित जबाफी पत्र पठाइसकेपछि २८ गते बैठक राख्न उनी सहमत भएका थिए ।
तर प्रचण्डले ओलीलाई ‘काउन्टर’मा १९ पृष्ठ लामो प्रस्ताव र अर्को एक खण्डनपत्र बुझाएपछि ओली पक्षले त्यो प्रस्ताव फिर्ता नभएसम्म अब बैठक मात्रै नबस्ने होइन, संवादसमेत अघि नबढ्ने चेतावनी दिइसकेको छ । प्रचण्ड पक्षका चारजना सदस्यले नै प्रचण्डले पेश गरेको प्रस्तावको खुलेर अपनत्व लिएका छन्। ।
नेता खनालले देशसञ्चारलाई भने,‘कार्यकारी अध्यक्षबाट बैठकमा प्रस्तुत भएको प्रस्ताव हामी सबै पाँच जना नेताले अपनत्व गरेको विषय हो । यो न फिर्ता हुन्छ, न यसको छलफलबाट प्रधामन्त्री भाग्न मिल्छ ।’ तर ओलीले दाहालको कार्यकारी अधिकारमाथि फेरि हस्तक्षप सुरु गरेको, राष्ट्रलाई क्षति पुर्याउने हिसावमा कामकारवाही अघि बढाएको आरोप दाहाल पक्षको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया