श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपा विवादः ‘प्रचण्ड’ फकाउन खुमलटार पठाईए पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पठाएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेल मङ्गलवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भोलि बुधवार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेस गरेको प्रस्तावबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विवाद समाधानको प्रयास स्वरूप महासचिव पौडेललाई भेट्न मङ्गलवार खुमलटार पठाए पनि पौडेलले ठोस सन्देश के लगे भन्ने खुलिसकेको छैन ।

ओली बुधवार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी नहुने पक्षमा छन् । त्यसका लागि उनले आफ्ना दूतमार्फत प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दबाब दिइरहेका छन् । सोही योजनाअनुसार ओलीले आइतबार र सोमबार विभिन्न पक्षका नेताहरूसँग भेटवार्तालाई तीव्रता दिएका छन् ।

गत शुक्रवार झन्डै ४० दिनपछि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए । जसमा अध्यक्ष ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको भन्दै योगदान गर्न सुझाव दिइएको छ । तर ओलीले उक्त सुझावलाई आफूमाथिको प्रहार ठानेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार