काठमाण्डौंः नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई आफ्नो मर्यादामा बस्न चेतावनी दिएका छन् ।
राजदूत यान्छीलाई खतिवडाले कुटनैतिक मर्यादामा बसेर जिम्मेवारी बहन गर्न सुझाव दिएका हुन् । खतिवडाले एक ट्वीट गर्दै राजदूत यान्छीको गतिविधि र क्रियाकलापको आलोचना गरेका छन् ।
खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक विवादमा देखाएको चासोप्रति पनि आक्रोश पोखेका छन् । नेकपाका नेता नबन्न सुझाव दिँदै उनले भण्डारीलाई मर्यादामा बस्न आग्रह गरेका छन् ।
नेकपा भन्ने पार्टीको सर्बोच्च नेता यी चीनको राजदूत हुन जस्तो लाग्न थाल्यो ।
दोस्रो नेता रास्ट्रपति ।
अरु नेताकार्यकर्ता यिनैका आदेशमा चल्ने हुन जस्तो अहिलेको भेटघाट बाट बुझिदै छ।
भारतीय "र" प्रमुखले राती भेटेको समाचार पछि चीनको राजदुत पनि प्रम भेट्न् रातिनै जानुपर्ने ? pic.twitter.com/QwxXuig3xW— Ramhari Khatiwada (@RamhariKhatiwa) November 18, 2020
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया