असार २५, २०८२ बुधबार July 9, 2025

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले आफ्नो एपमा विक्री हुने एप र भर्चुअल गूड्जको  विक्रीमा ती एप र गूड्ज विकासकर्ताबाट लिने शूल्क आधा घटाउने भएको छ ।

आगामी जनवरीदेखि लागू हुने गरी कम्पनीले सन् २०२० मा एप्पलको एप स्टोरबाट १० लाख डलर वा सोभन्दा कम कमाउने विद्यमान एप निर्माताहरुबाट १५ प्रतिशत मात्रै शुल्क लिनेछ । यस अघि कम्पनीले उनीहरुबाट ३० प्रतिशत शुल्क लिँदै आएको थियो । यो योजना नयाँ विकासकर्ताका लागि पनि लागू हुने बताइएको छ ।

 एप्पलले लिने शूल्कको विकासकर्ताहरुले व्यापक विरोध गर्दै आएका थिए । कम्पनीमाथि प्रतिस्पर्धा विरोधी कानून मिचेको विषयमा छानबिन बढिरहेकै बेलामा यस्तो निर्णय भएको हो ।
अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले भने उसको प्राइम भिडियो एपभित्र १५ प्रतिशत विशेष इन–एप शुल्क लिने भएको छ ।

करीब २ करोड ८० लाख विकासकर्ताहरुले एप्पलको एपस्टोरको प्रयोग गर्छन् । पछिल्लो योजनाबाट कति विकासकर्ता लाभान्वित हुन्छन् भन्नेबारे कम्पनीले केही पनि खुलाएको छैन । –एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया