श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आरोप सही भए म हट्छु नभए प्रचण्ड पदबाट हट्नुपर्छ : प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्ड पदबाट हट्नुपर्ने जानकारी दिएका छन् । यदि आरोप सही भए आफू पदबाट हट्ने उनले स्पष्टका साथ बताएका छन् ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुको समेत समर्थन रहेको राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा सरकार र ओलीको व्यक्तिगत कार्यशैलीमासमेत प्रश्न उठाइएको छ । त्यसलाई ओली र ओली पक्षीय नेताहरुले राजनीतिक प्रस्ताव नभइ ‘आरोप पत्र’ मात्र भएको जनाउदै आएका छन । सो ‘आरोप पत्र’ फिर्ता नभएसम्म अर्को बैठकमा नबस्ने अडान लिए पनि बुधबार अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ दिने जानकारी दिएका छन् ।

बैठकमा आफ्ना बिचार राख्दै ओलीले भने, ‘यसको मैले जवाफ तयार गरिसकेको छैन । यसमा सिम्प्ली छलफल गर्न र छिनोफानो गर्न मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।’

आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटै पदबाट हटाउने तयारी गरिएको भन्दै ओलीले, आफूले पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई पदबाट हट्न भन्यो भने के हुन्छ ? भनेर पनि प्रश्न गरेका थिए ।

‘अर्को कुरा मैले भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ ओलीले भने । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ ।’

ओलीले भनेका छन आफू सचिवालयमा अल्पतमा परेको भनेर सार्वजनिक भइरहेका समाचारहरुलाई उनले खारेजसमेत गरे । ‘बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्पमत छ, के छ, कसको कस्तो छ भन्ने कुरा खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन,’।

नेकपाको नौ सदस्यीय सचिवालयमा प्रचण्ड पक्षतिर प्रचण्डसहित, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । ओली पक्षमा ओलीसहित, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा (बादल) खुलेर प्रचण्डतिर नदेखिएकाले उनलाई पनि ओलीपक्षीय भन्ने गरिएको छ ।

गत शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले बहुमत सदस्यहरुको तर्फबाट राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव एकपक्षीय रुपमा बैठकमा आएको भन्दै ओली पक्षका नेताहरुले त्यसमाथि छलफल हुनै नसक्ने अडान लिँदै आएका जनाइएको छ । बुधबारको बैठकमा पनि प्रधानमन्त्री ओलीले एउटा अध्यक्षलाई थाहा नदिइकन अर्को अध्यक्षले प्रस्ताव ल्याउन नमिल्ने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आरोपहरु बोकेर कोही पनि व्यक्ति अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न नमिल्ने जानकारी दिए । ‘यी आरोपसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोप या त त्यसबाट बदर हुनुपर्यो तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुपर्यो र ती पद र ती जिम्मेवारीबाट हट्नुपर्यो,’ ओलीले भनेका छन्, ‘‘यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्यो, यसको जवाफदेही लिनुपर्यो ।’

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन सिध्याउने गरी आरोपहरु लगाइएको भन्दै त्यसको जवाफ लिखित रुपमा नै दिने जानकारी दिएका छन् ।

ओलीले भनेका छन, ‘ लडेर पार्टी बच्दैन, जालझेल र तिक्डम गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुरामा पछि छलफल गरौंँला । आज म त्यो लाञ्छना पत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबै खारेज गर्छु । यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार