असार २५, २०८२ बुधबार July 9, 2025

कुन्दुजमा मोर्टार आक्रमण-सात जना सर्वसाधारणको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत सात जनको मृत्यु भएको र अरु छ जना घाइते भएका छन् ।

अफगान रक्षा मन्त्रालयले कुन्दुजको बाहिरी इलाका टालोखा क्षेत्रमा उक्त घटना भएको जनाएको छ । हालैमात्र, अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबान र अफगान सुरक्षा फौजबीच इमाम शाहिब, दस्त-ए-आर्ची समेतका क्षेत्रमा भिडन्तहरु भएका छन् ।

पछिल्लो मोर्टार आक्रमणका बारेमा तालिबान समूहले केही प्रतिक्रिया दिएको छैन । कतारको दोहामा तालिबान समूह र अफगान प्रतिनिधिबीच वार्ता जारी रहे पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार