श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ओलीको व्यक्तिवादले नेकपाको समाप्ती हुने निश्चित- नेता पाण्डे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवादले नेकपा समाप्त हुने बताएका छन् ।

गृहजिल्ला चितवनमा रहेका नेता पाण्डेले पार्टीको सामूहिक निर्णय हुनुपर्नेमा त्यसो नभई ओलीको काम एकलौटी देखिएको बताए । यसरी सिङ्गो पार्टी एक्लै सञ्चालन गर्न खोज्नुले नै नेकपा समाप्तीतर्फ गएको उनले इंगित गरे । पर्टीमा विधि र सामुहिकता हुनुपर्ने भए पनि त्यसो नभएका कारण पार्टी समाप्त हुने निश्चत रहेको उनकाे भनाइ थियाे ।

नेता पाण्डेले पार्टीको निर्णयविरुद्ध काम गर्ने प्रधानमन्त्रीको कार्यशैलीले वर्तमान विवाद सृजना गरेको बताए । उनले गलत कार्यशैली, पार्टी र सरकार सञ्चालनको दृष्टिकोणको विरोध गर्ने बताए ।

पार्टीले गरेको निर्णय नमान्ने र एकलौटी तरिकाले सरकार चलाउन खोज्ने प्रधानमन्त्रीको कार्यशैलीले नेकपा कमजोर बन्दै गएको र प्रधानमन्त्री सच्चिनुपर्ने उनकाे भनाइ थियाे । नेता पाण्डेले शुक्रबार पुर्वी चितवनका विभिन्न स्थानमा कार्यकर्ता भेला गरेका थिए ।

तर, जिल्लामा नेता पाण्डेको चर्को विरोध समेत भएको छ । नेकपाकै नेता तथा कार्यकर्ताले गुटगत भेला गरेर प्रधानमन्त्रीलाई गाली गरेको भन्दै पाण्डेको विरोध गरेका हुन् । सामाजिक सञ्जालमा पार्टीको भेला भनेर पार्टी निर्माणमा योगदान दिएका अग्रज नेता तथा कार्यकर्ताबिना गुटगत भेला गरेको ओरोप उनीमाथि लगाइएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार