असार २५, २०८२ बुधबार July 9, 2025

अमेरिकी अर्थतन्त्रमा ३३.१ प्रतिशतको कीर्तिमानी वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी अर्थतन्त्र अहिलेसम्मकै उच्च दरमा बढेको छ । त्यहाँको वाणिज्य मन्त्रालयले बिहीवार बताएअनुसार यस वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्र ३३ दशमलव १ प्रतिशतले बढेको छ ।

यो सन् १९४७ यता त्रैमासिक वृद्धिको तथ्यांक सार्वजनिक हुन थालेयताकै सबैभन्दा उच्च त्रैमासिक वृद्धि हो । यस अघि अर्थतन्त्र सन् १९५० मा १६ दशमलव ७ प्रतिशतको कीर्तिमानी स्तरमा बढेको थियो ।

तेस्रो त्रैमासको कीर्तिमानी वृद्धि पछि पनि यस वर्षको पहिलो ६ महिनामा गुमेको आर्थिक उत्पादन फर्किएको छैन । कोरोना भाइरसको संक्तमण पुनः बढेकोले चालू त्रैमासमा वृद्धिदर तीव्र दरमा सुस्ताउने र आगामी वर्षको पहिलो महीनामा जीडीपी नकारात्मक क्षेत्रमा जान सक्ने आशंका अर्थशास्त्रीहरुले गरेका छन् । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया