जेठ ३०, २०८२ शुक्रबार June 13, 2025

गायक दुर्गेश थापा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। तिहारको अवसरमा सार्वजनिक ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापालाई प्रहरीले मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया