असार २५, २०८२ बुधबार July 9, 2025

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानका कोरोनाभाइरसको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गरेका छन् । सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उनको आरोप छ ।

विपक्षी दलहरुकै कारण कोरोनाविरुद्धको लडाई प्रभावकारी हुन नसकेको, उनीहरुले नै अवरोध गरेको आरोप प्रधानमन्त्री खानले लगाएका छन् । विपक्षी दलहरूले विभिन्न ठाउँमा जुलुश निकाल्न स्वीकृति नदिएका प्रधानमन्त्री खानले उनीहरुप्रति अहिले असन्तुष्टि पोखेका हुन् ।

कोरोनाभाइरसको महामारी फैलिएका बेला जुलुश निकालेको भन्दै सरकारले बल प्रयोग गरेपछि प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीचमा झडपसमेत भएको थियो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले देशमा अहिले फेरी महामारी फैलिएका बेला उच्च सतर्कता अपनाउने र कोरोनाविरुद्ध लड्ने बेला भएपनि त्यसका विरुद्ध गतिविधि भइरहेको उल्लेख गरेका छन् ।

पाकिस्तानमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना लागेपछि मृत्यु भएकाहरुको सङ्ख्या आठ हजारभन्दा बढी पुगेको छ ।

त्यसैगरी पाकिस्तानमा अहिलेसम्म तीन लाख ९८ हजार २४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारीका बेलामा कुनै पनि सहरमा राजनीतिक दलहरुलाई सरकार विरोधी जुलुश निकाल्न दिन नसकिने पनि प्रधानमन्त्री खानले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री खानले कोरोनाभाइरसको महामारी डरलाग्दो तरिकाले फैलिदै गएकोले विपक्षी दलहरुले आफ्ना भिडभाड हुने गतिविधिहरु तत्काल रोक्नुपर्ने अडान राखेका छन् ।

पाकिस्तानका ११ पार्टीहरुको गठबन्धनको रुपमा रहेको पाकिस्तान लोकतान्त्रीक आन्दोलन (पिडीएम)ले गरेको प्रदर्शनको विपक्षमा प्रधानमन्त्री खान कठोर रुपमा उभिएका छन् ।-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार