असोज ७, २०८३ बुधबार September 23, 2026

लुम्बिनी स्थित मायादेवि मन्दिर साँढे ८ महिनापछि खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना कहरका कारण चैतदेखि बन्द गरिएको लुम्बिनी स्थित मायादेवि मन्दिर साँढे ८ महिनापछि खुला गरिएको छ।

न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर लुम्बिनीमा पर्यटक आगमन खुला गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराइले बताए। लुम्बिनी परिषर प्रवेशका ९ वटै ढोका मंसिर ३ गतेदेखि खोलिएको थियो। तर मायादेवि मन्दिर भने आइतबारदेखि खुला गरिएको हो।

पर्यटक प्रवेशका लागि मायादेवि मन्दिर पनि खुला गरिएपछि बुद्ध जन्मस्थलमा पर्यटकीय चहलपहल सुरु भएको छ। अहिले दैनिक करिब २ हजारका दरले आन्तरिक पर्यटक आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ। तर अघिल्ला वर्षको तुलनामा यो संख्या निकै न्युन हो।

गत वर्ष मंसिरमा दैनिक ८/९ हजारका दरले पर्यटक लुम्निबी पुग्थे। आन्तरिक पर्यटकको आगमन सुरु भएपनि बाह्य मुलुकका पर्यटक आएका छैनन्। छिटपुट भारतीयहरु नेपालमा हुने आफन्तसंगै घुम्न आएपनि उनीहरुले आफ्नो परिचय लुकाउने गरेको कोषका कर्मचारी बताउँछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार