असार २५, २०८२ बुधबार July 9, 2025

अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या भएको छ । बिहिबार गाडीमा सवार पत्रकार मलाला मैवान्डको गोली हानी हत्या भएको हो ।

बन्दुकधारीले एक्कासी उनको सवारीमा गोली चलाएका थिए । उनका चालक मोहम्मद ताहिरको पनि हत्या भएको छ ।

मैवान्ड इनिकास टीभी र रेडियोमा कार्यरत पत्रकार थिइन् । उनी कामका सिलसिलामा जाँदै थिइन् । बन्दुकधारी हत्यापछि भागेको बताइएको छ ।

मैवान्डकी आमाको पाँच वर्ष अघि बन्दुकधारीबाट हत्या भएको थियो । उनी अधिकारवादी थिइन् । हत्यामा संलग्नको अझै पहिचान खुल्न नसकेको जनाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया