असार २२, २०८२ आइतबार July 6, 2025

कारोबारको अन्तिम दिन सेयरबजार हरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेयरबजार आज ६.७३ अंकले बढेको छ। नेप्से सूचक उक्त अंकले बढेर ११४९.३४ विन्दुमा रोकिँदा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.८८ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कुल १ सय ५५ कम्पनीको कारोबार भएकामा १२ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४ हजार ४ सय ४२ पटकको सेयर खरिदबिक्रीपछि आज बजारमा ३२ करोड ७६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। ११ समूहको कारोबार भएकामा निर्जीवन बीमाको बाहेक अन्य सबै समूहको कारोबार सूचक हरियो भएको छ।

आज माछापुच्छ्रे बैंकको सबैभन्दा बढी ७ करोडको सेयर कारोबार हुँदा एनआईसी एसियाले ३ करोड ४५ लाखको कारोबार गर्दै धेरै कारोबार गर्ने दोस्रो ठूलो कम्पनी बनेको छ। त्यस्तै प्रभु बैंकले १ करोड ९६ लाखको, सिद्धार्थ बैंक लिमिटेडले १ करोड १३ लाखको, रसुवागढी हाइड्रोले १ करोड १३ लाखको, नेपाल बैंकले १ करोड ११ लाखको र मेगा बैंकले १ करोडको सेयर कारोबार गरेको छ। बाँकी कम्पनीको कारोबार १ करोड रुपैयाँ पुग्न सकेको छैन।

कमाइका हिसाबले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीका सेयरधनीले ८.३३ प्रतिशत कमाएका हुन्। त्यस्तै, सिनर्जी पावर डेभलपमेन्टका सेयरधनीले ६.५८ प्रतिशत, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ६.५७ प्रतिशत, माउन्टेन हाइड्रो नेपालका सेयरधनीले ६.३३ प्रतिशत आर्जन गरेका छन्।

घाटा व्यहोर्ने सेयरधनीमा अरुण काबेलीका अग्रपंक्तिमा छन्। कम्पनीका सेयरधनीले ५.८० प्रतिशत गुमाएका छन्। त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर सेयरका सेयरधनीले ५.०९ प्रतिशत, खानीखोला हाइड्रोपावर कम्पनीका सेयरधनीले ५.०८ प्रतिशत, गुडविल फाइनान्स कम्पनीका सेयरधनीले २.८४ प्रतिशत गुमाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार