असोज ७, २०८३ बुधबार September 23, 2026

आज सोमबारे औंसी, मौन स्‍नान गरे मनोकांक्षा पूरा हुने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सोमबार औँसी परेका दिन बिहान नबोली स्‍नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ। यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्‍नान गरी यो पर्व मनाउँदै छन्।

आज परेको सोमबारे औँसी यस वर्षको दोस्रो सोमबारे औँसी हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउँछन्। २०७७ मा पनि गत साउन ५ गते सोमबारे औँसी परेको थियो।

आगामी चैत ३० गते पनि सोमबारे औँसी रहेको समितिले स्वीकृति दिएकाे पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग (पात्रो) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए।

सोमबारे औँसी परेका दिन बिहान नबोली स्‍नान गरेमा दाम्पत्य जीवन1 सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए।

औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्त्वपूर्ण मानिन्छ। सोमबार औँसी परेका दिन माता, पिता हुने, नहुने सबैले बिहान स्‍नान गर्नु शास्त्रीयरूपमा उचित रहेको जनाइएको छ। प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा रही आएको छ।

माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँसी विशेष रूपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार