असार २५, २०८२ बुधबार July 9, 2025

अर्मानिया अजरबैजानबीच पुनः झडप, चार सैनिक मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अजरबैजान र अर्मानियाबीच नागोर्नो काराबाख क्षेत्रको युद्ध समाप्त भएपछि यो महिनामा पहिलो पटक पुनः झडप भएको छ ।

फौजले दुई पहाडी गाउँलाई घेराबन्दी गरेको थियो जहाँ अर्मानियाका लडाकूले डेरा जमाएका थिए । यद्यपि, रुसका शान्ति सैनिकले त्यहाँ पुगेर स्थिती नियन्त्रणमा लिए ।

अजरबैजानका रक्षा मन्त्रालयले यो झडपमा उसका चार सैनिक मारिएको बीबीसीले जनाएको छ । अर्कोतर्फ, अर्मानियाली पक्षले अजरबैजानको कारवाहीमा उसका ६ लडाकू घाइते भएको बताएका छन् ।

अजरबैजान–अर्मानियाबीच यो झडप नागोर्नो–काराबाखको दक्षिणी इलाकाको दुई गाउँमा भएको हो । अजेरी भाषामा यी गाउँलाई चाइलाक्काला र क्योना ताखलर भनिन्छ जबकि अर्मानियाली लवजमा यसको नाम खत्साबेर्ड र खिन ताखेर हो ।

१० नोभेम्बरमा जब दुई देशबीच युद्ध समाप्त भएको थियो तब अर्मानियाली सैनिकको एक टुकडी यी दुई गाउँमा बसिरहेको थियो । तर यस वरिपरिका इलाका कि त सुनसान पहाड हुन् वा अजेरी फौजको नियन्त्रणमा रहेको इलाका हुन् ।

चाइलाक्काला यी इलाका हुँदै गुज्रेन एक पहाडी सडकको किनारामा बसेको गाउँ हो र क्योना ताखलर यसको ठिक नजिकको गाउँ हो । यो सडकको पूर्व र पश्चिम दुबै छोर अब अजरबैजानको नियन्त्रण भएको इलाका हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया