काठमाण्डौंः अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लागेका अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उनलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उहाँ क्वारेन्टाइनमा बस्न लागेकाे बताइएको छ ।
उनी कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्नने भएको बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– विदेशमन्त्री पोम्पेओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उनी क्वारेन्टाइनमा बस्नछन् र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन ।
उनको तत्काल गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ । उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया