श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आइफोनको उत्पादन तीस प्रतिशतले बढाउँदै एप्पल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आइफोनको उत्पादन बढाउने योजना बनाइरहेको छ ।

 कम्पनीले आगामी वर्षको पहिलो अर्धवार्षिक अवधिमा ९ करोड ६० लाख थानसम्म आइफोन उत्पादन गर्ने योजना बनाएको भन्दै निक्केईले मंगलवार समाचार छापेको हो । यो यस वर्षको सोही अवधिको तुलनामा करीब ३० प्रतिशत धेरै हुनेछ ।

कम्पनीले आपूर्तिकर्ताहरुलाई करीब ९ करोड ५० लाखदेखि ९ करोड ६० लाख थानसम्म आइफोन बनाउन भनेको छ । यसमा आइफोन १२का साथै आइफोन ११ र आइफोन एसई लगायत मोडलहरु समेत भएको समाचारमा भनिएको छ ।

मुख्य पार्टस्हरुको अभावले यो लक्ष्य हासिल चुनौती हुन सक्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । सन् २०२१ मा कम्पनीले २३ करोड थानसम्म आइफोन आपूर्ति गर्ने योजना बनाएको छ । यसमा नयाँ र पुराना सबै मोडलका आइफोन हुनेछन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया