काठमाण्डौंः पोखरामा जारी गण्डकी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर विजयी भएको छ ।
नवलपुरले तनहुँलाई ३७ रनले पराजय गरेको हो । गण्डकी प्रदेश क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि प्रदेशको पुरुष टोली छनोट गर्न पुस ३ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन गरेको हो ।
खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपुरले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव एक ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो । जीतका लागि १६९ रनको लक्ष्य पछ्याएको तनहुँले सम्पूर्ण विकेट गुमाउनुअघि १३१ रन मात्रै जोड्न सफल भएको भयो । नवलपुरका मञ्जिल न्यौपाने ३५, सनम बुढाथोकी २३ तथा सन्देश बस्नेतले २० रन बनाउनुभयो ।
तनहुँको बलिङतर्फ राजु गुरुङ, सुशील गिरी र कुरुण सिरमलाले समान दुई-दुई विकेट लिनुभयो भने विनय भण्डारी र सचिन अधिकारीले एक÷एक विकेट लिनुभयो । तनहुँको ब्याटिङमा समिर कँडेलले सर्वाधिक ६७ रनको बनाउनुभयो । नवलपुरका विज्ञान गौतम तीन, राहुल शर्मा दुई तथा विवेक दराई र कमल परियारले एक÷एक विकेट लिनुभयो । खेलमा महत्वपूर्ण तीन विकेट लिन सफल नवलपुरका गौतम ‘म्यान अफ द म्याच’ घोषित हुनुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया