काठमाण्डौं: नेपालको एकमात्र विश्वशनिय सर्वेक्षण संस्था भुगोलपार्क डटकमले संसद विघटनको विषयमा मत सर्वेक्षण गरेको छ ।
प्रधाममन्त्री केपी शर्मा ओलीले गत आईतवार अर्थात पुष ०५ गते आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठकबाट प्रतिनिधीसभा विघटन गर्ने प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेपश्चात राष्ट्रपति भण्डारीबाट संसद विघटन गरेकि थिईन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागी संसद विघटन गरिएको बताउँदै, २०७८ साल बैशाख १७ गते शुक्रवार पहिलो चरणको र २०७८ साल बैशाख २७ गते सोमवार द्रोस्रो चरणको चुनावमा जाने घोषणा गरेका छन् ।
पाँच बर्षको लागी सरकार चलाउने जनादेश प्राप्त दलबाट प्रधानमन्त्री बनेका ओलीको यो कदमको चौतर्फी आलोचना भएको छ । कतिपयले भने ओलीको यो सुझबुझपूर्ण कदम भएको दावी गरेका छन् । यो विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएकोले सम्मानित अदालतबाट कस्तो निर्णय आउँछ त्यो सबैको प्रतिक्षाको विषय बनेको छ ।
नेपालको विश्नसनिय र एकमात्र सर्वेक्षण संस्था भुगोलपार्क डटकमले नेपालको सार्वभौम संसदलाई अप्रत्यासित रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई तपाईं के भन्नुहुन्छ भन्ने प्रश्न गरिएको र प्रश्नको उत्तरमा क. स्वागत योग्य कदम ख. एकदमै गलत निर्णय ग. बाध्यात्मक उपज घ. थाहा भएन भनि सर्वेक्षण थालेको छ ।
भुगोलपार्क डटकम नेपालको एकमात्र पहिलो सर्वेक्षण संस्था हो । यो संस्थाले आफ्नो सेवा विस्तार गर्नथालेपछि देखिनै यसको विश्वसनियतामा आम नागरिकहरुको विश्वास र भरोसा बढ्दै गईरहेको छ । यसभन्दा अगाडि पनि विभिन्न समसामयिक, राजनैतिक तथा जनसवालमा उठेका विभिन्न प्रश्नहरुमा आधारित रहेर महत्वपुर्ण विषयबस्तुमा प्रश्न तयार गरी सर्वेक्षण गरिएको र उक्त्त सर्वेक्षणबाट यसको विश्वसनियता बढेको हो ।
#www.bhugolpark.com#
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया